पुर्वराज ज्ञानेन्द्र शाह चारदिने धनगढी भ्रमणमा

धनगढी  – पुर्वराज ज्ञानेन्द्र शाह बिहीबार दिउसो १२ बजे बुद्धएयरबाट धनगढी आएका छन् । चारदिने भ्रमणमा उनी यहाँका विभिन्न मन्दिरमा पूजापाठ गर्नेछन् ।

पूर्वराजाको स्वागतका लागि राजसंस्थाप्रति समर्पित व्यक्तिले भव्य तयारी गरेका छन् । विभिन्न स्थानमा स्वागत गेट बनाइएको छ ।

पूर्वराजालाई धनगढीको गेटमा विमानस्थलबाट मोटरसाइकल र्याली सहित धनगढीको चौराहासम्म ल्याउने कार्यक्रम पूर्वराजा स्वागत समितिका सह संयोजक रोम स्वारले जानकारी दिए । चौराहा पन्चकन्या द्धारा स्वागत गरी पैदल यात्रा गराई रुवस होटलसम्म पुग्ने कार्यक्रम राखेका छन् ।

आज पहिलो दिन पूर्वराजा ज्ञानेन्द्र पुजाका लागि कुनै मन्दिरमा जाने छैन्न् । होटलमा राज समर्पतित व्यक्तिसँग भेटघाटमा व्यस्त रहने छन् । शुक्रबार भने महेन्द्रनगर स्थित सिद्धबाबा मन्दिरको दर्शन गरी महेन्द्रनगर बसाई सार्ने कार्यक्रम राखेका छन् ।

१८ गते पूर्वराजा ज्ञानेन्द्र धनगढी र्फकने छन् । यहाँका लक्ष्मिनरायण, नैनादेवी मन्दिरमा पुजापाठ गर्ने भएका छन् । २० गते मात्रै यहाँबाट राजधानी र्फकने कार्यक्रम रहेको छ । – कान्तिपुर