सल्यानमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, ६ जना गम्भीर घाइते

सल्यानको श्रीनगरबाट खैरावाङ भगवती मन्दिरतर्फ जाँदै गरेको ग १ च २७७० नम्बरको जीप खलङगा गाविस चिउनेटामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

 

१७ जनाको उद्धार गरिएको छ भने ६ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा एक बालक, ४ महिला र दुई पुरुष छन् ।

 

जीप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो