काठमाडौं – माओवादी अध्यक्ष पुष्पकमल दाहालले पहिचान सहितको संघीयता बिना संविधान बन्न नसक्ने प्रस्टिकरण दिएका छन्। ‘पहिचान सम्बोधन नगरी संविधान असम्भव छ। र माओवादी यो मुद्दाबाट पछि हट्नेवाला छैन’, दाहालले भने।
रिपोर्टर्स क्लब नेपालको १४ औं वार्षिकोत्सव अवसरमा बोल्दै अध्यक्ष दाहालले सेना समायोजनको जगमा टेकेर जेठ १४ गते संविधान बन्ने ठोकुवा गरे। ‘संविधानसभामा पहिचान र सामर्थ्यका आधारमा संविधानमा जाने सबै दलहरुबीच सहमति भइसकेको छ’, उनले भने- ‘पहिचानलाई सम्बोधन नगरी संविधान असम्भव छ। संघीयता बिना अहिले संविधान बन्न सक्दैन।’ – नागरिक