शान्ति र संविधानका लागि दबाव दिन सत्तारुढ संयुक्त मधेशी मोर्चाद्धारा काठमाडौंमा आमसभा

शान्ति र संविधानका लागि दबाव दिन सत्तारुढ संयुक्त मधेशी मोर्चाले आज राजधानीमा आमसभा गरेको छ।

 

काठमाडौंको खुल्लामञ्चमा हुने आमसभालाई मधेशी दलहरुले आफ्नो शक्ति प्रदर्शनका रुपमा पनि लिएका थिए। सभाका लागि विभिन्न जिल्लाबाट पनि कार्यकर्ता ल्याइने थियो।

 

एक मधेश प्रदेश र जातीय राज्यको माग गर्दै आएका मधेशी मोर्चाले संघीयताविहीन संविधान जारी गरिए आफूहरुलाई अमान्य हुने चतावनी दिईसकेका छन् । र आफ्ना मागहरु संविधानमा पार्नका लागि पनि यो दबाब हुने उनीहरुले बताएका छन् ।

 

मोर्चामा रहेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदार, मधेसी जनअधिकार फोरम गणतान्त्रिकका कार्यवाहक अध्यक्ष राजकिशोर यादव, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, तमलोपा नेपालका अध्यक्ष महेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सभालाई सम्बोधन गरेका थिए।