नेपालको संक्रमणकालीन राजनीतिक अवस्था र आगामी दिनमा हुने लोकतान्त्रिक निर्वाचन प्रक्रियाको बारेमा अध्ययन गर्न नेपाल भ्रमणमा आएको अमेरिकाको युवा राजनीतिक प्रतिनिधिमण्डलले आज राष्ट्रपति डा. रामवरण यादवसँग भेटघाट गरेको छ ।
वाशिङ्टनस्थित युवा राजनीतिक नेताहरुको अमेरिकी परिषद् र काठमाडौंस्थित टुडेज युथ एसियाको आयोजनामा सांस्कृतिक आदानप्रदान कार्यक्रमअन्तर्गत भ्रमणमा आएको सो प्रतिनिधिमण्डलले आजै प्रधान सेनापति छत्रमानसिंह गुरुङसँग पनि भेटघाट गर्दैछ ।
चैत २४ गतेसम्म नेपालमा रहने प्रतिनिधिमण्डलले नेपाल सरकारका उच्च अधिकारीहरुका साथै राजनीतिक दलका नेता, व्यावसायी तथा उद्यमी, किसान, स्वास्थ्यकर्मी एबम् युवा वर्गसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।