नेपालमा वर्ड फ्लु नियन्त्रणमा, ढुक्क भएर कुखुराको मासु खान आग्रह

पशु स्वास्थ्य निर्देशनालयले नेपालमा वर्ड फ्लु नियन्त्रणमा आईसकेको जनाएको छ ।

 

निर्देशनालयले आज काठमाडौमा पत्रकार सम्मेलन गरी वर्ड फ्लु पूर्ण रुपमा नियन्त्रणमा आईसकेकाले ढुक्क भएर कुखुराको मासु खान आग्रह गरेको हो ।

 

पत्रकार सम्मेलनमा निर्देशनालयका कार्यक्रम निर्देशक रामकृष्ण खतिवडाले मासु राम्रोसंग पकाएर खाँदा केही नहुने बताउनु भयो ।

पछिल्लो पटक ललितपुरको सैंवु क्षेत्रमा वर्ड फ्लु देखा परेको भएपनि चैत १२ गते नै नियन्त्रणमा आईसकोको निर्देशनालयको दाबी छ ।

 

निर्देशनालयले हालसम्म नेपालमा २३ पटक वर्ड फ्लु देखिएको र नियन्त्रणको सिलसिलामा ६७ हजार ५ सय ७ पंक्षी, २३ हजार ८८ अण्डा १ सय ४८ किलो मासु, ३ हजार ४ सय १३ किलो दाना नष्ट गरिएको जनाएको छ ।

 

तनहुँ, कास्की लगायत भारतसंग सिमाना जोडिएका १२ जिल्लामा वर्ड फ्लु संक्रमणको उच्च जोखिम रहेको र ३२ जिल्लामा न्युन जोखिम देखिएको पनि निर्देशनालयले जनाएको छ ।