राष्ट्रिय जनमोर्चाद्धारा संघीयताको खारेजीको माग गर्दे सगरमाथा, जनकपुर र नारायणी अञ्चल बन्दको आह्वान

तोकिएको समयमा संविधान निर्माण, संघीयताको खारेजी र स्थानीय निकायको निर्वाचनको माग गर्दे राष्ट्रिय जनमोर्चाले सगरमाथा, जनकपुर र नारायणी अञ्चल बन्दको आह्वान गरेको छ । बन्दले उदयपुर, चितवन, मकवानपुर बारा, पर्सा, रौतहटलगायत जिल्लामा समामान्य प्रभावित भएको छ ।

 

 सामान्य असर परेको बन्दका कारण यातायात, कलकारखाना र व्यापार व्यवसायमा धेरै असर परेको छैन । उदयपुरबाट बन्दका कारण लामो तथा छोटो दुरीका गाडी चलेका छैनन् ।

 

सडकमा प्रदर्शनमा उत्रेका मोर्चाका कार्यकर्ताले औषधि पसल र चिया पसलबाहेक अरु पसल खुल्न दिएका छैनन् । शैक्षिक संस्था र कलकारखाना औद्योगीक प्रतिष्ठान पनि ठप्प रहेको प्रहरीले जनाएको छ ।बाराको सिमरामा जबरजस्ती बन्द गराउन खोज्ने ६ जनालाई प्रहरीले पक्रेको छ ।


उता, भेरी कर्णालीमा पनि जनमोर्चाले बन्द आह्वान गरेको छ । बन्दका कारण बर्दियाबाट छुट्ने लामो तथा छोटो दुरीका यातायातका साधन चल्न सकेका छैनन् । बन्दले शिक्षण संस्थान, कलकारखानासमेत प्रभावित भएको छ ।