विशेष अदालतले प्रहरीका पूर्व प्रमुखलाई भ्रष्टाचार मुद्धामा दोषी ठहर गर्दै डेढ बर्ष कैद, २६ लाख ८३ हजार जरिबाना

विशेष अदालतले नेपाल प्रहरीका पूर्व प्रमुख मोतीलाल बोहरालाई भ्रष्टाचार मुद्धामा दोषी ठहर गर्दै डेढ बर्ष कैद र २६ लाख ८३ हजार जरिबाना र त्यत्ति नै विगो भराउने फैसला गरेको छ ।

 

विशेष अदालतका न्यायाधीशहरु गौरीबहादुर कार्की, ओमप्रकाश मिश्र र केदार चालिसेको संयुक्त ईजलासले यस्तो फैसला सुनाएको हो ।

२०४९ सालदेखि ०५३ साल सम्म नेपाल प्रहरीका आइजीपी रहेका बोहरा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झण्डै ३ करोड रुपैयाँ बराबरको स्रोत नखुलेको सम्पत्ति जोडेको भन्दै एक दशक अघि मुद्धा दायर गरेको थियो । विशेष अदालतले मुद्धाको हदम्याद सकिएको भन्दै मुद्धा नै खारेज गरेको थियो ।

 

 

तर सर्वोच्च अदालतले भ्रष्टाचार मुद्धामा हदम्याद नलाग्ने भन्दै ब्युताएर मुद्धा पुनः विशेषमै पठाईदिएको थियो । आफु विरुद्ध भएको फैसला सुन्ने वित्तिकै बोहरा विशेष अदालतबाट बाहिरिएका थिए ।