एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आगामी जेठ १४ गतेभित्र शान्ति प्रक्रिया टुंगोमा पुग्ने र मुलुकले नयाँ संविधान पाउने दाबी गर्नुभएको छ ।
आज नेपालगञ्जमा पार्टीको मध्यपश्चिमाञ्चलस्तरीय क्षेत्रीय सभालाई सम्बोधन गर्दै नेता नेपालले दलहरुसँग शान्ति र संविधानको मुद्दामा सहमतिमा आउनुको विकल्प नभएको वताउनुभयो । उहाँले माओवादीको द्धैध चरित्र नै शान्ति र संविधानका लागि बाधक बनेको आरोप लगाउनुभयो ।
कार्यक्रममा उपाध्यक्षद्धय बामदेव गौतम र विद्या भण्डारीले माओवादी मुलुक र जनताप्रति जिम्मेवार नभएसम्म शान्ति र संविधानको मुद्दाको टुङ्गो नलाग्ने वताउनुभयो ।
सभालाई महासचिव ईश्वर पोखरेल र सचिव शंकर पोखरेललगायतले पनि सम्बोधन गर्नुभएको थियो ।