काठमाडौं – सर्वोच्च अदालतले सशस्त्र प्रहरीका एआईजी दुर्जकुमार राईको बढुवाविरुद्धको रिट खारेज गरेको छ ।
न्यायाधीशद्वय दामोदरप्रसाद शर्मा र गिरिसलाल कर्णको इजलासले बढुवाविरुद्ध सशस्त्र प्रहरीका डीआईजी कृष्णकुमार तामाङको रिट खारेज गरेको हो । आफूभन्दा कनिष्टलाई बढुवा गरेको भन्दै तामाङले गत मंसिरमा सर्वोच्चमा रिट हालेका थिए ।
कात्तिक १७ गतेको मन्त्रिपरिषद् बैठकले राईसहित ऋशवदेव भट्टराई र जीवन थापालाई बढुवा गरेको थियो । सर्वोच्चले प्रहरीका विशिष्ट श्रेणीका अधिकृतको सरुवा बढुवा मन्त्रिपरिषद्ले गर्ने अधिकार रहेको भन्दै रिट खारेज गरेको हो ।
– कान्तिपुर