अफगानिस्तानको फारयाव प्रान्तमा गराइएको आत्मघाती विष्फोटमा कम्तिमा १० जना मारिए

अफगानिस्तानको फारयाव प्रान्तको राजधानी मेमानामा गराइएको आत्मघाती विष्फोटमा कम्तिमा १० जना मारिएका छन् ।

 

मारिनेमा दुई महिला र दुई बालबालिका सहित स्थानिय व्यापारिहरु पनि परेका छन् । विष्फोटमा थुप्रै धेरै घाईते भएका छन् भने केहीको अवस्था गंभीर छ ।

 

खाली खुट्टा व्यापारी र अधिकारीहरुबीच छलफल भईरहेको कोठामा प्रवेश गरेको ब्यक्तिले यो विष्फोट गराएको अधिकारीहरुले बताएका छन् । फारयाव प्रान्तमा नेटो गठबन्धन सेना अन्तर्गत नर्वेजियन सेना तैनाथ छन् ।