सोमालियामा आज भएको बम बिस्फोटमा परी सोमालिया ओलम्पिक कमिटी तथा सोमालियन फुटबल महासंघका प्रमुखको मृत्यु भएको छ ।
राजधानी मोगादिसुस्थित राष्ट्रिय नाटक घरमा भएको बिस्फोटमा कुल १० जनाले ज्यान गुमाएका छन् ।
अस्पतालका अनुसार सोमालिया फुटबल महासंघका प्रमुख महम्मद मुगाम्बे र सोमालिया ओलम्पिक कमिटी प्रमुख अदान हागी याबारो विसको विस्फोटनमा परी मृत्यु भएको हो । सोमालियाको राष्ट्रिय टेलिभिजनको पहिलो बार्षिकोत्सव कार्यक्रम चलिरहेको बेला विष्फोट गराइको हो । त्यस बखत नाटक घरमा सोमालियाका प्रधानमन्त्री अब्दिवेली मोहम्मद अली पनि उपस्थिति हुनुहुन्थ्यो ।
प्रधानमन्त्री अली भने सुरक्षित रहेको बताइएको छ । प्रधानमन्त्री अलीका अनुसार एक महिलाले उक्त विष्फोट गराएकी हुन । विष्फोटको जिम्मेवारी आ