एक वर्षअघि एमाले झलनाथ खनाललाई झापड हानेर चर्चामा आएका देवीप्रसाद रेग्मीलाई पक्राउ

– अमर खड्का, नागरिक

 

इटहरी – एक वर्षअघि एमाले अध्यक्ष झलनाथ खनाललाई झापड हानेर चर्चामा आएका देवीप्रसाद रेग्मीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ। एमाले अध्यक्ष झलनाथ खनालले सम्बोधन गर्ने भनेर प्रचार गरिएको क्षेत्रीय सभा हेर्न पुगेका रेग्मीलाई इटहरी प्रहरीले पक्राउ गरेको हो।

 

शान्ति र संविधानको काम नसकी राजधानी बाहिर नजाने भन्दै अध्यक्ष खनाल भने इटहरी आएका छैनन्। ‘केही अप्रिय स्थिति नहोस भनेर पक्राउ गरेका हौ’, प्रहरी स्रोतले भन्यो- ‘अरु खास केही हैन।’

शान्ति प्रक्रिया र संविधान निर्माणका लागि दबाब दिने उद्देश्यले एमालेले इटहरीमा आमसभा गरिरहेको हो।