नेता थापाले भारतको इसारामा पहिचान र संघीयताविहीन ‘जनविरोधी संविधान’ ल्याउन लागेको संकेत भन्दै यसो भए ‘जनविद्रोह’ को विकल्प नहुने बताए । उनले संविधान नल्याई ०४६ सालकै संविधान ब्युँताउने षड्यन्त्र सुरु भएकाले आफूहरूले भनेजस्तो ‘जनसंविधान’ को सम्भावना न्यून बन्दै गएको हुँदा संघर्ष जारी राख्नु पर्ने बताए ।
थापाले माओवादी नेतृत्वको अहिलेको सरकार भ्रष्टाचार, अपराध, विकृति र महँगी बढाउन बेलगाम ढंगले अघि बढेको बताए । षड्यन्त्र र जालझेलका कारण आगामी जेठ १४ गतेभित्र संविधान नबन्ने भन्दै उनले भने- ‘जनताविरोधी दोष र पापबाट मुक्तिका लागि राष्ट्रियता र जनताको पक्षमा जोखिम उठाउनु जरुरी छ ।’



