प्रमुख तीन दल शीर्ष नेताको बैठक निष्कर्षविहिन

प्रमुख तीन दलका शीर्ष नेताको आज बसेको बैठक पनि विना निष्कर्ष टुंगिएको छ ।

 

बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोग गठनबारे छलफल भए पनि कुनै निष्कर्ष आउन सकेन । दुवै आयोग सम्बन्धी ऐनलाई एउटै प्रावधान राख्ने दलहरुबीचको पूर्वसहमति विपरीत कानुन मन्त्रालयले विधेयक तयार पारेपछि बैठक सहमतिमा पुग्न नसकेको कांग्रेसका नेताहरुले बताएका छन् ।

 

बैठकले परिमाजिर्त विधेयक तयार गर्न कानुन मन्त्रालयलाई आग्रह गरेको छ । शान्ति प्रक्रिया र संविधान लेखनमा देखिएका विवाद टुंग्याउने विषयमा पनि छलफल गर्ने बैठकको ऐजेण्डा थियो ।

 

तर त्यसमा छलफलै हुन सकेन । सेना समायोजनबारे छलफल गर्न सेना समायोजन विशेष समितिको बैठकमा आज सांझ बस्दैछ ।