काठमाडौं — संघीयताको विरोधमा राष्ट्रिय जनमोर्चाले आज आव्हान गरेको बागमती बन्दले गर्दा जनजीवन प्रभावित भएको छ ।
कलङ्की बालाजु र गोङ्गबुबाट आफ्ना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको कार्यालय सचिव मनोज भट्टले बताउनुभयो । गोङ्गबुमा ट्याक्सी तोडफोड गर्न लागेका सातजनालाई नियन्त्रणमा लिइएको र अन्य भागमा पनि त्रास मच्चाउन खोज्नेलाई समातिएको प्रहरी नियन्त्रण कक्षले जनाएको छ ।
दिउँसोदेखि रुटका ठूला बसहरु नचलेपनि ट्याक्सी, ट्याम्पो, मोटरसाइकल तथा निजी सवारी साधनहरु चलेका छन् । सञ्चारमाध्यम, कूटनीतिक नियोग र एम्बुलेन्स भने चलेका छन् ।
संघीयताको बिरोध गर्दै राष्ट्रिय जनमोर्चा नेपालले आव्हान गरेको बागमती अंचल बन्दका कारण सोमबार राजधानीको जनजीवनमा प्रभाव परेको छ । सडकमा सार्वजनिक सवारी साधन चलेका छैनन् । सवारी साधन नचल्दा सर्वसाधारण,कर्मचारी, विद्यार्थी सबै पैदलै हिडेर गन्तव्य तर्फ जानु परेको छ । सडकमा छिटफुट मोटरसाइकल र केही निजी सवारी साधन मात्र चलेको देखिएको छ ।
काभ्रे – बन्द गराउने कार्यकर्ता नहुँदा पनि राष्ट्रिय जनर्मार्चाले गरेको बन्दले गर्दा जिल्लाको जनजीवन प्रभावित भएको छ । सवारी साधन नचल्दाँ बिपी र अरनिको राजमार्ग सुनसान छ । जिल्ला केही शैक्षिक संस्था र सबैसरकारी कार्यलयहरु खुलेका थिए । एम्बुलेन्स, निजी सवारी साधन संचालन निर्वाध रुपमा संचालन भईरहेको छ ।



