लामो समयदेखि बन्द अवस्थामा रहेको दिपायलको विमानस्थल सञ्चालनका लागि स्थानीय जनता, नागरिक समाज, राजनीतिक दलहरुले गरेको आग्रहअनुसार नै आफूले सो विमानस्थलमा परीक्षण उडान गरेको स्पष्ट पारे।
लामो समयदेखि बन्द अवस्थामा रहेको दिपायल विमानस्थलमा अब हरेक हप्ताको सोमबार नेपाल वायु सेवा निगमले नियमित उडान गर्ने र त्यसैको तयारीका लागि आफू त्यहाँ गएको समेत उनले जानकारी दिए।
यसैबीच एकीकृत नेकपा (माओवादी)ले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी पार्टी अध्यक्ष पुष्पकमल दाहाल र पर्यटन विष्टको नाम जोडेर गरिएको प्रचारको खण्डन गरेको छ।
अध्यक्ष दाहालका प्रेस सहयोगी शिव खकुरेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा नेपाल वायु सेवा निगमले विगत लामोसमयदेखि बन्द रहेको दियापलको विमानस्थल पुनः सञ्चालन गर्नका लागि उडाइएको जहाज सोलुखुम्बुको कागलेडाँडा जानुपर्ने र पर्यटन तथा नागरिक उड्यनमन्त्री विष्टले जबरजस्ती लगेको भन्ने कुराको कुनै तुक नरहेको उल्लेख गरे।
बन्द अवस्थामा रहेको विमानस्थल सञ्चालन गरेर जनतालाई सेवा तथा सुविधा प्रदान गर्ने पवित्र उद्देश्यका साथ सुरु गरिएको कामलाई गलत उद्देश्यका साथ प्रचार गरिएको र यसले स्वतन्त्र र व्यावसायिक पत्रकारिताको मर्यादा नाघेको उल्लेख छ। रासस



