नेपाली कांग्रेसद्धारा तत्काल सरकार परिवर्तन आवश्यक नभएको स्पष्ट

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले तत्काल सरकार परिवर्तन आवश्यक नभएको स्पष्ट पार्नुभएको छ । उहांले माओवादी लडाकु समायोजन प्रक्रिया सकिएपछि मात्र नयां सरकार गठनका विषयमा छलफल थालिने बताउनुभयो । उहांले वर्तमान सरकारमा सहभागि हुने संभावना नभएको भन्दै अब कांग्रेस नेतृत्वमा सरकार बन्ने दावी गर्नुभयो ।

उपसभापति पौडेलले माओवादी शिविरमा लडाकु प्रवेश गरेपछि अब माओवादी पनि नागरिक पार्टी बनेको बताउनुभयो ।

उहांले हिजोको विशेष समिति निर्णयसंगै संविधान निमार्णको लागि मार्ग प्रशस्त भएको भन्दै बैशाख ५ कै आसपासमा संविधान निमार्णका सबै विषयमा सहमति जुटाईने धारणा राख्नुभयो । उपसभापति पौडेलले माओवादी उपाध्यक्ष मोहन बैद्य पक्षले संविधानका विषयमा असहमति राख्दै प्रक्रिया अघि बढाउन सघाउने आशा ब्यक्त गर्नुभयो ।

उहांले जेष्ठ १४ मा संविधान बन्ने प्रयाप्त आधार तयार भएको उल्लेख गर्नुभयो ।