२०६८ साललाई फर्केर हेर्दा २०६८ सालका मुख्य राष्ट्रिय घटनाहरु

२०६८ साललाई फर्केर हेर्दा २०६८ सालका मुख्य राष्ट्रिय घटनाहरु  
बैशाख
– नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री झलनाथ खनालले चियापान समारोह आयोजना गर्नुभयो । तर एमालेकै बरिष्ठ नेताहरु माधवकुमार नेपाल र केपी शर्मा ओलीले बहिष्कार गर्नुभयो ।
– भुटानी प्रधानमन्त्री जिग्मे वाई थिन्ले नेपालको तीनदिने भ्रमणमा राजधानी आउनुभयो । आठ वर्षदेखि अवरुद्ध भुटानी शरणार्थी समस्या समाधानको लागि वार्ता प्रकृया पुनः शुरु गर्ने सहमति भयो ।


– रातो पासपोर्ट दुरुपयोग गरेको अभियोगमा सभासदहरु गायत्री साह र बिपी यादव पक्राउ परे ।
– नागरिकतामा विवाद आएपछि अर्थराज्यमन्त्री ल्हारक्याल लामाले राजीनामा दिए ।
– माओवादी केन्द्रीय समितिको बैठकले अध्यक्ष पुष्पकमल दाहालको शान्ति र संविधानको कार्यदिशा सहितको राजनीतिक प्रतिवेदन पारित गर्यो । उपाध्यक्ष किरणद्वारा नोट अफ डिसेन्ट ।
– सिन्धुली र डोटीमा भएका बस दुर्घटना ३६ जनाको मृत्यु भयो ।
– शिव गाउँलेको नेतृत्वमा नेपाल पत्रकार महासङ्घको नयाँ कार्यसमिति निर्वाचित भयो ।
– प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश खिलराज रेग्मी नियुक्त हुनुभयो ।
– सगरमाथा आरोहणको क्रममा पूर्वमन्त्री शैलेन्द्रकुमार उपाध्यायको निधन भयो ।
 
जेठ
-एकीकृत नेकपा माओवादी नेपाली सेनाको प्रस्तावअनुसार लडाकु समायोजन गर्न सहमत, उपाध्यक्ष मोहन वैद्य