काठमाडौ । सर्वोच्च अदालतले सार्वजनिक पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा जेल सजाय भोगिरहेका पूर्व मन्त्री चिरिञ्जिवि वाग्लेको जरिवाना र दण्डमा २० प्रतिसत छुट दिन आदेश दिएको छ ।
फैसला भएको ६० दिनभित्र अदालतमा हाजिर भई त्यसको पालना गरे दण्ड र जरिवानामा २० प्रतिशत छुट पाइने कानुनी व्यवस्था छ ।
कानुनअनुसार आफूले छुट पाउनुपर्ने भन्दै जेल परेको केही दिनमै वाग्लेले जिल्ला अदालतको तहसिल शाखामा निवेदन दिएका थिए ।
जिल्ला अदालतले छुट दिन अस्वीकार गरेपछि उनी सर्वोच्चमा गएका थिए ।
वाग्लेलाई सर्वोच्चले गत गत वर्षको चैत डेढ वर्ष कैद, २ करोड ३ लाख ५ हजार ६ सय ४७ रुपैयाँ ७४ पैसा जरिवाना र त्यति नै रकम बिगो तिराउने फैसला सुनाएको थियो ।