काठमाडौ । निर्वाचन आयोग, नेपालले फोटोसहितको मतदाता नामावली सङ्कलनको पहिलो चरणमा एक करोड दुईलाख ३१ हजार नागरिकको नामावली दर्ता भएको जनाएको छ ।
जसमध्ये सबैभन्दा बढी महिला ५३ प्रतिशत र पुरुष ४३ प्रतिशतको मतदाता नामावली सङ्कलन भएको आयोगद्वारा आज यहाँ आयोजित अन्तक्र्रियामा जानकारी दिइयो ।
कुल दुई करोड ६६ लाख जनसङ्ख्याको सरदर ५५ प्रतिशत मतदाता रहेको निर्वाचन आयोगको आँकलन छ । अझै ३० देखि ३५ लाख नागरिक विभिन्न कारणबाट मतदाता दर्ता गराउन चुकेका छन् ।
मतदाता नामावली दर्ता गर्न छुटेका नागरिकका लागि ७५ वटै जिल्ला निर्वाचन कार्यालयमा निरन्तर दर्ता चालु रहेको तथा अहिले बाँके जिल्लाबाहेक ७४ जिल्लामा रुजु कार्य समाप्त भइसकेको निर्वाचन आयोगले जनाएको छ ।
यस्तै निर्वाचन आयोगले दोस्रो चरणको कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०६९ वैशाख ३ गतेदेखि ७५ वटै जिल्लाका गाविस र नगरपालिकाका वडामा छुटेका दर्ता गर्ने, दर्ता भएको विवरणमा त्रुटी सच्याउने, दाबी विरोध गर्ने अवसर दिने तथा सच्याउनेलगायतका सबै काम असार मसान्तसम्म सक्ने आयोगको तयारी छ ।
आगामी निर्वाचनलाई ध्यानमा राख्दै आयोगले राजनीतिक दल, नागरिक समाज महिला संस्थालगायतका प्रतिनिधि गरी ९०० जनालाई अन्तर्राष्ट्रियस्तरको ब्रिज तालिम सञ्चालन गरेको तथा भू