काठमाडौ । पूर्व राजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०६९ को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै देश अखण्ड रहनुपर्नेमा जोड दिनुभएको छ ।
नयाँ वर्षका अवसरमा जारी शुभकामना सन्दशमा नयाँ वर्ष २०६९ को शूभारम्भम। स्वदेश तथा बिदेशमा रहे बसेका समस्त नेपाली दाजूभाइ दिदीबहिनीहरुको सूख, शान्ति, सूस्वास्थ्य र समृद्धीका लागि मंगलमय शूभकामना व्यक्त गरिएको छ ।
आज नेपाल र नेपालीलाई शान्ति, सूरक्षा, समृद्धी र सूव्यवस्थाको आवश्यकता छ भन्दै पूर्व राजा ज्ञानेन्द्रले यसको निम्ति हाम्रो यो सून्दर र वैभवशाली मूलूक सदानै अखण्डित रहनूपर्दछ भन्नुभएको छ ।
सन्देशमा यहाँका राष्ट्रभक्त स्वाभिमानी जनता सदा नै अविभाजित एवम् अविचलित बन्नू पर्दछ भन्दै हाम्रा पुर्खाको पौरख र राष्ट्रिय स्वाभिमानका साथ सदा स्वतन्त्र, सार्वभौम रहेको नेपालको अस्तित्व निरन्तर रहनू पर्ने उल्लेख छ । देशको माटो प्रति समर्पित प्रजातान्त्रिक विधि विधानले मात्र नेपाली जनताको सर्वतोमूखी हितलाई केन्द्रमा राख्न सक्छ भन्दै सन्दशमा हामी सबैको साझा लक्ष्य र चहाना पनि यही नै हूनू पदर्छ भनिएको छ।
सबैलाई एउटै दरो मीयोमा आवद्ध गरी सबैलाई समेटी अघि ब्ढने तथा सबैको दूःख, पीडा, व्यथा, समस्यालाई स्पर्श गर्ने प्रवृत्ति आजको राष्ट्रिय आवश्यकता हो भन्दै नव वर्षले हाम्रा यिनै राष्ट्रिय आवश्यकता प्रति सार्थक सार, सार्थक परिणाम दिन सकोस यही नै मेरो कामना छ भन्नुभएको छ।