शुक्रबार दिउँसो एक बजेतिर सतवाज-गोकुलेश्वर खण्डको भौनेली-३ धर्मघर नजिकै से१ज २४० नम्बरको जिप सडकबाट दुई सय मिटर तल खसेको हो ।
दुर्घटनामा सित्तड-२ का बहादुर सार्की, भौनेली-५ का रामबहादुर चन्द, कैलपाल-७ का अर्जुन चन्द र दैजी-५ कञ्चनपुरका वकिल चन्द गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । गम्भीर भएका चारजनालाई थप उपचारका लागि धनगढी लैजाने तयारी भइरहेको छ ।



