स्वैच्छिकमा जाने २८० लडाकुलाई रकम बितरण

– बिनोद त्रिपाठी

 

चितवन  – शक्तिखोर स्थित तेस्रो डिभिजन शिविरका स्वैच्छिकमा जाने लडाकुलाई शुक्रबारदेखि रकम बितरण गरिएको छ । समायोजन, स्वैच्छिक र पुर्नस्थापना छनौट गर्ने क्रममा अवकाशमा जाने लडाकुलाई चेक दिएर बिदा गरिएको सचिवालयले जनाएको छ ।

सचिबालयका उपसचिव मधुबिलास पण्डितका अनुसार शुक्रबार एकै दिन २ सय ८० जनालाई चेक बितरण गरियो । पाउने मध्ये ५० प्रतिशत रकम दिएर अवकाशमा जाने लडाकुलाई सहज रुपमा बिदाई गरिएको उनले जानकारी दिए ।

अघिल्लो शुक्रबार (एक साता) अघि शिविरमा आइपुगेको सचिवालय टोलीले बिभिन्न अबरोधका कारण लडाकु छनौट गर्न सकेको थिएन । ‘३/४ दिन भित्र सबै काम सक्छौं’ पण्डितले भने,