काठमाडौ – सरकारले पूर्व राजा ज्ञानेन्द्र शाहलाई दिइँदै आएको नेपाली सेनाको सुरक्षालाई हटाएको छ । पूर्व राजा र उनका परिवारको सुरक्षाका लागि नेपाली सेनाले सेनानीको नेतृत्वमा २५ जना सैनिक खटाएको थियो ।
सरकारको निर्णयअनुसार नेपाली सेनाले पूर्व राजाको सुरक्षाका लागि खटाएको जनशक्ति हिजोबाट फिर्ता भएको नेपाली सेनाका प्रवक्ता एवम् सहायकरथी रमीन्द्र क्षेत्रीले जानकारी दिए ।
सरकारको निर्णयअनुसार पूर्व राजा र उनको परिवारका सुरक्षाका लागि सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ५० जना खटाइएको सशस्त्र प्रहरी बलका प्रवक्ता शैलेन्द्र खनालले जानकारी दिनुभयो ।
रासस



