जनयुद्ध रक्षा फ्रन्ट नेपालले आह्वान गरेको बन्दबाट पूर्वी नेपालको जनजीवन प्रभावित

पानीट्याङ्की, मोरङ  – जनयुद्ध रक्षा फ्रन्ट नेपालले मेची कोसीमा आज आह्वान गरेको बन्दबाट पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ। बन्दले गर्दा मेची कोसीमा सार्वजनिक सवारी साधन चलेका छैनन्। निजी सवारी साधन र पसलहरु भने फाट्टफुट्ट सञ्चालन भएका छन्।


संविधान जारी नभई जनमुक्ति सेना नेपाली सेनालाई सुम्पिएको, प्रक्रियागत समायोजनमा ध्यान नपुर्‍याएको, जनमुक्ति सेनाका कमान्डरहरुले गरेको भ्रष्टाचारमा कारबाही नभएको र जनयुद्धका घाइते, अपाङ्ग तथा शहीद परिवारलाई उपेक्षा गरिएकाले विरोधस्वरुप एक दिने बन्द आह्वान गरेको फ्रन्टका अध्यक्ष मुक्ति रिजालले बताए।
– रासस