मेरो अर्घाखाँची


– डि आर जी सुमन

 मैदान ५ अर्घाखाँची

 पश्चिम नेपाल पहाडमा मेरो अर्घाखाँची


कपिलवस्तु रुपन्देही दाङ  देखि पर्छ माथि


लुम्बिनीको एक सिर पहाडको काख


जतातै  हरियाली कति राम्रो पाखा


 


सधै चिसो हावा चल्ने कस्तो राम्रो ठाउँ


अग्ला होचा पहाड बिचमा बसेको छ गाउ


उकाली र ओरालीमा घुम्छन गाउ बासी


कति सुन्दर जिल्ला मेरो अर्घाखाँची

images

 


खिदिम को फेदीमा पबित्र दुर्गा गुफा

images

खाचिकोट को छातीमा छ देउराली माई सूपा


पढेनाको सिरमा पाणिनी तपो भुमी

images

पोखरा थोक पटौती पर्छ एस को मुनि


 


अर्घाको सिर मुनि बजार  सन्धिखर्क


त्यो ठाउको नाम लिदा आउछ मनमा हर्ष

Nepal life insurance

खाची संगै रहेको छ नरपानिको सिर


देस बिदेस मा रमेका छौं हामी सबै बिर


आहा कति राम्रो हेर्नुस हजुर अर्घाखाँची सिर