नेकपा एमाले र माओवादीले दुई-दुई पटक सरकारको नेतृत्व गरिसकेकाले अब बन्ने सहमतिय सरकारको नेतृत्वका लागि काँग्रेसको दाबी जायज भएको खनालले बताए ।
शान्ति र संविधानका लागि स्थानीय तहबाट सुझाब लिन खनालले सुरु गरेको विषेश टेलिफोन संवाद कार्यक्रममा आइतबार बिहान बाजुरास्थित राजनीतिक दलका कार्यकर्ता सहित नागरिक समाजका अगुवाहरुले राखेको जिज्ञासामा अध्यक्ष खनालले उक्त कुरा बताएका हुन् ।
शान्ति प्रक्रियाको मुलभुत काम पुरा हुन लागेको बताउँदै खनालले सात बुँदे सहमति कै आधारमा बिबादित बिषयलाई तत्काल समाधान गरी निर्धारित समयमै संविधान जारी हुने बताए ।
विषेश टेलिफोन संवाद कार्यक्रम अन्तर्गत रेडियो बाजुराबाट करिब दुई घण्टा प्रत्यक्ष कुरा गर्दै मउनले एमाले अखण्ड सुदूरपश्चिमका पक्षमा रहेको बताएका छन् ।



