माओवादी पोलिटब्युरो सदस्य जनार्दन शर्मा गम्भीर बिरामी, उपचारका लागि नयाँ दिल्लीमा

काठमाडौ, वैशाख ४ – माओवादी पोलिटब्युरो सदस्य जनार्दन शर्मा गम्भीर बिरामी भएपछि उनलाई एयर एम्बुलेन्सबाट भारतको नयाँ दिल्ली लाने तयारी गरिएको छ । शर्मा आइतबार त्रिवि शिक्षण अस्पताल महाराजगंजमा भर्ना भएका थिए ।

उनलाई जापनिज इन्सेफ्लाइटिस भएको आशंका जनाइएको छ । अहिले उनी शिक्षण अस्पतालको सघनकक्षमा भर्ना छन् । उनलाई थप उपचारका लागि भारत पठाउन लागिएको हो । दिल्लीबाट एयर एम्बुलेन्स मगाईएको छ ।