दलहरुले संविधानका विवादीत विषयहरुमा छलफल सुरु गरेको दोस्रो दिन नेपाल आदिवासी जनजाति महासंघको अगुवाईमा रिसोर्छमै धर्ना दिन पुगेका हुन् । उनीहरु प्रहरीले मूल सडकबाट माथि रिसोर्टतिर जान दिएका छैनन् ।
प्रहरीले सडकमै छेकेपछि उनीहरुले त्यही नारावाजी गरेका छन् । उनीहरुले संघीयता विरोधी मूर्दावाद, जातीय पहिचानसहितको संघीयता कायम गर, १४ प्रदेश कायम गर जस्ता नाराहरु लगाएका छन् ।



