नेपाल पत्रकार महासंघद्धारा झापाका पत्रकार यादव पौडेलको हत्याको न्यायीक छानविन गर्न माग

नेपाल पत्रकार महासंघले झापाका पत्रकार यादव पौडेलको हत्याको न्यायीक छानविन गर्न माग गरेको छ । महासंघको मिसन टोलीले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्दै पत्रकार महासंघले पत्रकार पौडेलको हत्या संयोग मात्र नभएर समाचारसंग जोडिएको हुनसक्ने बताएको हो । घट्ना भएको पूर्वाञ्चल सेकुवा कर्नरका संचालकले यसअघि

सोही ठाउँमा संचालन गरेको फेवाताल होटलमा हुने गरेको देहव्यापारबारे पत्रकार पौडेलले समाचार प्रकाशन र प्रसारण गरेकाले हत्याको कारण समाचार हुनसक्ने महासंघको टोलीले आशंका गरेको हो ।

महासंघका अध्यक्ष तथा मिसन टोलीका संयोजक शिव गाउलेले अभियुक्तले दिएको वयानबाट तथ्य आउन नसक्ने बताउनुभयो । पीडित परिवारका लागि घोषणा गरिएको राहत रकम तत्काल उपलब्ध गराउन पनि महासंघले माग गरेको छ ।