नेपालका राजनीतिक दलहरूले सेना समायोजनसहित शान्ति प्रक्रियाको गति द्रुत रूपमा अघि बढाउन सकेकोमा जापानद्धारा स्वागत

काठमाडौं  – नेपालका राजनीतिक दलहरूले सेना समायोजनसहित शान्ति प्रक्रियाको गति द्रुत रूपमा अघि बढाउन सकेकोमा जापानले स्वागत गरेको छ ।

 

 

नववर्ष २०६९ को सुरुआत नेपालको राजनीतिक र सामाजिक स्थिरताका लागि शुभसंकेतका रूपमा आएको भन्दै जापानी दूतावासले जारी गरेको विज्ञप्तिमा अब निर्धारित अवधिमै संविधान लेखिने र शान्ति प्रक्रिया टुंगिने विश्वास बढेको जनाइएको छ ।