संविधान निर्माणका विवादित विषयमा बैशाख १० भित्रै सहमति जुटाउन नेपाली कांग्रेस र एकिकृत माओवादी सहमत देखिएका छन् ।
विवादित विषय शासकीय स्वरुप, राज्यको पुर्नसंरचना, न्यायाप्रणाली, निर्वाचन प्रणाली लगायतका विषयमा छलफल गर्न बसेको दुई दलको बैठकमा मुलुक संक्रमणकालमा रहेकाले मिलेरै जाने सहमति भएको नेताहरुले जानकारी दिएका छन् । विवादित मुद्दामा सैद्धान्तिक सहमति नजिक पुगेको भन्दै नेताहरुले भोलि तीन दलको बैठक बसेर सहमतिमा पुग्ने प्रयास गरिने बताएका छन् ।
विवादित विषयमा छलफल गर्न आजै एमाले र माओवादीबीच छलफल हुने भएको छ । दलहरुदे सहमतिका लागि भन्दै द्धिपक्षीय र आन्तरिक बैठक तीब्र पारेका छन् । कांग्रेस एमालेले हिजो दुईपक्षीय छलफल गरी विवादित विषयहरुमा एकमत बनाउन गृहकार्य सुरु गरेका थिए ।
संघीय संरचना, शासकीय स्वरुप,न्याय प्रणाली, निर्वाचन प्रणाली तथा नागरिकता विषयमा दलहरुबीच सहमति जुट्न बाँकी रहेको छ । कांग्रेस र एमाले ७ प्रदेश बनाउने अडानमा छन भने माओवादीले जातीय आधारमा १४ प्रदेशको बनाउनुपर्ने बताउंदै आएको छ ।