कास्कीको माछापुच्छ्रे स्थित अन्नपूर्ण हिमशृङ्खला पग्लिएर आएको भीषण बाढीले बगाएर १३ को मृत्यु


कास्कीको माछापुच्छ्रे गाविसस्थित अन्नपूर्ण हिमशृङ्खला पग्लिएर आएको भीषण बाढीले बगाएर एक विदेशीसहित मर्नेको संख्या १३ पुगेको छ। घटनास्थलमा उद्धारका लागि पुगेका रेडक्रसका वरिष्ठ अधिकृत खेमराज सापकोटाले मृतकको संख्या अझै बढ्नसक्ने बताएका छन्।


अन्य तीन दर्जनभन्दा बढी बेत्ता भएको अनुमान छ। यसबाहेक तीन जनाको उद्दार गरी मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये एक जना मोहन ताम्राकार हुन्।

बाढीले खारापानीस्थित तातोपानी बजारका करिब दुई दर्जन स