विश्वको शक्तिसम्पन्न मुलुक जापान आजदेखि परमाणु उर्जाविहीन देश बन्ने


 

विश्वको शक्तिसम्पन्न मुलुक जापान आजदेखि परमाणु उर्जाविहीन देश बन्ने भएको छ । ४० वर्षपछि जापान परमाणु उर्जारहित देश हुन लागेको हो ।

 

जापानमा काम गरिरहेको एक मात्र परमाणु रिएक्टर आजदेखि बन्द गर्न लागिएको हो । गएको वर्ष जापानमा आएको विनाशकारी भूकम्प र त्यसपछिको सुनामीले फुकुशिमा परमाणु संयन्त्र ध्वस्त बनाएको थियो ।

 

त्यसअघि जापानको ३० प्रतिशत विजुलीको आधार नै परमाणु उर्जा थियो । तर भूकम्प र सुनामीका कारण ५० भन्दाबढी रिएक्टर सुरक्षाका कारण बन्द गर्नुपरेको छ ।

 

यसका कारण जापानले प्राकृतिक ग्यास आयात गरेर उर्जा संकट टारिरहेको छ ।