भारतमा वृद्धहरूको जनसख्यामा निकै तिब्र

नयाँ दिल्ली – भारतमा वृद्धहरूको जनसख्या निकै तिब्र गतिले बढीरहेको छ।

 

यसको गति यति तिब्र छ की सन् २०१३सम्म त्यहाँ वृद्धहरूको संख्याले १०करोडको संख्यालाई पार गर्ने छ।

 

स्वयं सरकारले त्यहाँको तल्लो सदन लोकसभामा उक्त जानकारी गराएको हो।

 

भारतका स्वास्थ एवं परिवार कल्याण मन्त्री गुलाम नबी आजादले जनसंख्यामाथि प्राविधिक समूहले गरेको पूर्वानुमान अनुसार सन् २०१३मा नै वृद्धहरूको संख्या १० करोड पुग्ने बताए।

उनले सरकारले वृद्धहरूको स्वास्थ सुविधामा सुधारका लागि लगातार काम गरिरहेको बताए।

सन् १९५०मा विश्व भरमा ६० वर्ष र त्योभन्दा बढी उमेरका मानिसको संख्या लगभग २० करोड थियो। सन् १९७५मा त्यो संख्या ३५ करोड पुगेको थियो।

अहिले हरेक १० मध्ये एक जना ६० वर्ष अथवा त्योभन्दा बढी उमेरका छन्।

वृद्धहरूमा पनि ८० वर्ष अथवा त्यसभन्दा बढी उमेरको वर्ग सर्वाधिक छिटो रुपमा बढी रहेको छ। वृद्धहरूमा ५५ प्रतिसत महिला छन्। – एजेन्सी