सदरमुकाम सिमकोट जोडिएको ठेहे गाउँका युवा र सिमकोटका युवा बीच मानसरोवर उच्च माद्यामिक विद्यालय सिमकोटको व्यवस्थापन समिति गठनका विषयलाई लिएर दुई गाउँका वासिन्दाबीच झडप भएको हो । हिजो भएको कुटपिटको प्रतिवाद गर्न तिन घन्टा पैदल हिडेर आएका ठेहे गाउका युवा युवती महिला तथा पुरुषले सिमकोटमा अन्धाधुन्ध कुटपिट र ढुङ्गा वर्साउन थालेपछि स्थिति नियन्त्रण लिन स्थानिय प्रशासनले कर्फ लगाउनु परेको जनाएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले स्थिति असमान्य बनेपछि कर्फ्यु लगाउनु परेको बताए ।



