
दूतावासले बस्नेतका नजिकका नातेदारले सुनुवारलाई माफी दिने वा नदिने विषयमा सोधिदिन परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेको छ । पीडित परिवारको इच्छा अनुसार यूएई सरकारले मृत्युदण्डको फैसलालाई कार्यान्वयन गर्ने दूतावासले जनाएको छ ।
‘मृत्युदण्डको सजाय दिने, दिया रकम (ब्लडमनी) लिई माफी दिने वा मृत्युदण्ड पनि नदिने र दिएको रकम नलिई माफी गदिने,’ दूतावासले भनेको छ, ‘यी तीनमध्ये पीडित परिवारले कुन विकल्प रोज्छ ?’ सुनुवारले आफू निकै विपन्न परिवार रहेकाले दिया रकम दिन नसक्ने बताएको दूतावासले जनाएको छ ।

यस् अघी दार्चुला धारी गाविसका अंमर बहादुर बमलाई पनि एक भारतीय नागरिकको हत्या गरेको आरोपमा सन २००३ मा मृत्युदन्डको सजाय सुनाएको थियो । उनी अहिले दुबइको अल अविर स्थित सेन्टर जेलमा जेलजीवन बिताउदै छन ।




