रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तिनदिने चीन भ्रमणको क्रममा आज वेईजीङ पुग्नुभएको छ । सिरीयामा हिंसा चर्कीएको वेला सिरीयाप्रति नरम दृष्टी राख्ने रुसका राष्ट्रप्मुख पुटीनको चीन भ्रमणलाई महत्वपुर्ण मानिएको छ ।
सिरीयाका राष्ट्रपति बशार अल असाद विरद्ध राष्ट्रसंघ सुरक्षाा परिषदमा कडा प्रस्ताव ल्याँउदा रस र चीनले भिटो प्रयोग गरी उक्त प्रस्ताव विफल पारेका थिए ।
अमेरीका लगायतका केही पश्चिमा राष्ट्रहरुले रुसकै नीतिको कारण सिरीयामा गृहयुद्धको संभावना बढेको आरोप लगाईरहेको वेला पुटीन भने अन्तराष्ट्रिय साझेदारीको विकल्प खोज्न वईजीङ पुगेका हुन् । पुटीनको चीन भ्रमण दुई देशविचको उर्जा व्यापार र विश्व राजनीतिमा केन्द्रीत रहने बताईएको छ ।
चीन भ्रमणको क्रममा दुई देशविच व्यापार अभिवृद्धी गर्ने १७ वटा सम्झौता हुनेछ । जसमा पेट्रोलियम पदार्थ र ग्यासको व्यापार सम्बन्धी महत्वपुर्ण सम्झौता पनि हुनेछ ।