गत साता मात्रै दुईवटा मिसाईल परिक्षण गरेको पाकिस्तानले आज तेस्रो पटक सफल मिसाईल परिक्षण गरको छ ।
हत्फ ७ नामक यो मिसाईलले ७ सय किलोमिटर सम्मको मार हान्न सक्ने क्षमता राख्ने पाकिस्तानी अधिकारीहरुले जनाएका छन् ।
पाकिस्तानका बैज्ञानिकहरुले यो मिसाईल परिक्षण बैज्ञानिक क्षेत्रमा नयाँ अभियान भएको दाबी गरेका छन् । पाकिस्तानल गत मे ३१ मा मात्रै हत्फ ८ नामक मिसाइलको सफल परिक्षण गरेको थियो ।