माओवादी दाहालद्धारा सहमति भएमा राष्ट्रपतिमार्फत स‌विधानसभाको पुनस्थापना गरेर स‌विधान जारी गर्न सकिने विचार व्यक्त

माओवादी अध्यक्ष प्रचण्डकाठमाडौ  – माओवादी अध्यक्ष पुष्पकमल दाहालले सबै राजनीतिक दलहरुबीच स‌विधानका विवादित विषयमा सहमति भएमा राष्ट्रपतिमार्फत स‌विधानसभाको पुनस्थापना गरेर स‌विधान जारी गर्न सकिने बताएका छन् ।

सत्ता गठबन्धन दलहरुले आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष दाहालले आफुले राष्ट्रपति, काँग्रेस र एमालेका नेताहरुस‌‌ग राष्ट्रिय सहमतिका लागि छलफल गरेको र सहमतिबाट मात्र अवको निकास निस्कने हुँदा सहमतिको आधारमा नै अघि बढ्नु पर्ने उल्लेख गरे ।

सहमतिको आधारमा निर्वाचन, स‌विधानसभाको पुनस्थापना वा अन्य विकल्पमा पनि जान आफू तयार रहेको उनले उल्लेख गरे ।

अन्तर्क्रियामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री बाबुराम भट्टराई, मधेशी मोर्चाका नेता एंव गृहमन्त्री विजय गच्छदार लगायत मन्त्रीहरु तथा साना दलका नेताहरुको उपस्थिति छन् । संविधानसभा निर्वाचन बारे वातावरण बनाउन तथा सत्ता पक्ष बिरुद्ध लगाइएको आरोपको भ्रम निवारण गर्न कार्यक्रम आयोजना गरिएको हो । अर्थमन्त्री वर्षमान पुनले वर्तमान राजनीतिक अवस्थाबारे छरिएको भ्रम चिर्न कार्यक्रम राखिएको जनाएका छन् । अन्तक्रिर्यामा नागरिक समाज, निजी क्षेत्र, मिडिया लगायतलाई बोलाइएको छ । – कान्तिपुर