रातो मच्छिन्द्रनाथ जात्राको क्रममा आज ललितपुरमा भोटो जात्रा गरिएको छ । गुठी संस्थान, ललितपुर उपमहानगरपालिका र ललितपुर प्रहरी कार्यालयको समन्वयमा जात्रा भएको हो ।
गुठी संस्थानका प्रमुख लेखनाथ सापकोटाका अनुसार रथयात्राको सम्पूर्ण व्यवस्था र भोटो देखाउने जिम्मेवारी गुठी संस्थानको हुन्छ भने जात्रा तयारीसम्बन्धी व्यवस्थापन ललितपुर उपमहानगरपालिका र सुरक्षा व्यवस्था ललितपुर प्रहरीले गर्ने गरेको छ । आज साँझ ५ बजे मच्छिन्द्रनाथको भोटो राष्ट्रपति डा. रामवरण यादवसमक्ष प्रदर्शन गरेपछि जात्रा सम्पन्न हुन्छ ।
वर्षा र सहकालका देवताका रुपमा मानिने मच्छिन्द्रथानको रथयात्रा चैत २५ मा सुरु भएको थियो । करिब तीन महिना सञ्चालिन यो जात्रा गुरु र शुक्र ग्रहको अस्त र उदयका कारण थट्टीटोलमा थप एक महिना रोकिएको थियो ।
थट्टीटोलबाट बिहीबार जावलाखेल पु