असारको तेस्रो हप्ता बित्न लाग्दा पनि पर्याप्त पानी नपरेपछि चिन्तित बर्दियाका किसान सुख्खा खेत जोत्न वाध्य बनेका छन् ।
हल्का बर्षा भएको क्षेत्र र वोरिङ्ग भएकाले केही खेत जोते पनि जिल्लाको अधिकांश भेगमा किसानले धानको विउसमेत राख्न पाएका छैनन् ।
जिल्ला कृषि विकास कार्यालय बर्दियाले ४३ हजार हेक्टर क्षेत्रफल जमिनमा रोपाई गर्ने लक्ष्य रहेको बताए पनि हालसम्म पानीको पहुँच भएको ३० प्रतिशत जग्गामा मात्र रोपाई भएको जनाएको छ ।
अर्कातर्फ जिल्लामा पर्याप्त मल नपाउँदा किसानलाई पीडामाथि पीडा थपिएको छ । – RSS