रुसको दक्षिणी क्रास्नोडर क्षेत्रमा भीषण वर्षा पछि गएको बाढीमा परी कम्तिमा ८७ जनाको मृत्यु भएको छ । बाढीका कारण १३ हजार भन्दा बढी मानिस प्रत्यक्ष रुपमै प्रभावित भएका छन् ।
रातको समयमा अचानक आएको बाढीका कारण बन्दरगाहहरुमा पनि क्षति पुगेको छ ।
अधिकारीहरुले प्रभावित क्षेत्रमा उद्धार टोली खटाइएको जनाएका छन् ।