
पूर्व राजा ज्ञानेन्द्र शाहाको ६६ औ जन्मजयन्ती भव्यताका साथ मनाईदै छ ।
जन्मोत्सवको अवसरमा आज सर्वसाधारणको लागि निर्मल निवास खुल्ला गरिएको छ ।
पूर्व राजा ज्ञानेन्द्रलाई शुभकामना दिन विहानै देखि सर्वसाधरणको निर्मल निवासमा घुइचो लागेको छ । शुभकामना व्यक्त गर्न राप्रपा नेपालका अध्यक्ष कमल थापा लगाएत शुभचिन्तकहरु निर्मल निवास पुगेका थिए ।
पूर्व राजा ज्ञानेन्द्रलाई आफु अग्रसर भई अगाडि वढ्न शुभचिन्तकहरुले सुझाव दिएका छन् ।