एमाओवादी पतनको बाटोमा

 काठमाडौं, ११ साउन संविधानसभाको चुनावमा सबभन्दा ठूलो पार्टीका रुपमा आएको एमाओवादी पछिल्ला वर्षमा कमजोर बन्दै गएको छ ।
 
मोहन वैद्यहरु अलग भएर जानु र आफै गरेका निर्णयमा आफै अडिक हुन नसक्नु नै एमाओवादी ठूलो कमजोर रहेको छ ।
 
संविधान जारी नगरी भएको संविधानसभालाई विघटन गरी अर्को संविधानसभा चुनावको घोषणा गरी प्रधानमन्त्री बाबुराम भट्टराईले पार्टी र आफ्नो लागि झन ठूलो गल्ती गरेको छन् । घोषित चुनावको कांग्रेस तथा एमालेले चर्को रुपले विरोध गरेपछि सरकार र एमाओवादी के गर्ने भन्नेमा रणभूलमा परेका छन् । पछिल्लो सरकारमा सहभागी दलको बैठकले मंसीर ७ मा चुनाव गर्न नसक्ने ठहर गर्‍यो ।
 
त्यसलगत्तै बसेको मुख्य दलको बैठकमा एमाओवादीले चुनाव गर्ने विषय सहमति गर्न भनेपछि त्यो विषय कांग्रेस एमालेले अस्वीकार गरेका छन् । सहमतीय सरकार र चुनाव गर्ने भन्ने विषयमा सहमति गर्ने भनिएपनि दलहरुबीच कुनै सहमति भएन । पार्टीबाट वैद्य समूह अलग भएर जानु र आफै गरेको चुनावको मिति सार्ने निर्णयमा पुगेका प्रधानमन्त्री र एमोआवादी अध्यक्ष पुष्पकमल दाहाल वैचारिक रुपमा कमजोर हुँदै गएका छन् ।
 
विपक्षी दलका बीच एमाओवादी सबै तहबाट कमजोर भएको कतिपय विश्लेषकको भनाइ छ । संविधानसभा विघटन किन गरिएको होला भन्दै अहिले एमाओवादी पछुताएको छ र संविधानसभाको पुनस्थापनाको पक्षमा समेत रहेको छ । यसरी आफै गरेको निर्णयबाट आफैपछि हट्दै जानु एमाओवादी कमजोर हुँदै गएको बताइन्छ ।
 
यस्तो अवस्थामा एमाओवादी जनताबीच विश्वास गुम्दै जानेसमेत निश्चित छ । विश्लेषकका अनुसार यी र यस्ता गतिविधिले पतनको बाटोतिर एमाओवादी गएको छ ।