नाइजेरियाको कोगी राज्यको ओकिने शहर नजिकको एक चर्चमा बन्दुकधारीको आक्रमणमापरी कम्तिमा १५ जना मारिएका छन् । एक जना बन्दुकधारीले चर्चमा प्रार्थना गरिरहेकाहरुमाथी अन्धाधुन्ध गोली चलाएको बताइएको छ ।
आक्रमणमा घाईते भएकाहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् । नाइजेरियामा इस्लामिक लडाकु समूह बोको हरामले विभिन्न चर्चलगायतका स्थानमा लगातार आक्रमण गर्दै आएकाले पछिल्लो आक्रमणमा पनि बोको हरामकै संलग्नता रहेको आशंका गरिएको छ ।



