काठमाडौँ लगायत देशभर भूकम्पको धक्का महसुस

काठमाडौँ – काठमाडौंबाट प्राप्त समाचार अनुसार देशका विभिन्न भागमा विहिबार राति सवा १० बजे भूकम्पको हल्का धक्का महसूस भएको छ।

 

राजधानी काठमाडौँमा पनि भूकम्प धक्का महसुस गरिएको छ। यसैगरी अमेरिकी भूगर्भ सर्भेले दिएको जानकारी अनुसार थवाङ नजिकै केन्द्रबिन्दू रहेको ५ म्याग्निच्युडको भूकम्प गएको उल्लेख गरेको छ।

 

देशका संचारमाध्यमहरुले उल्लेख गरे अनुसार विहिबार राती सवा १० बजे देखी १०:३२ को बिचमा आएको भूकम्पबाट कुनै ठुलो क्षति नभएको जनाइएको छ।

 

देश अनेकौ जिल्लाहरु कपिलवस्तु, स्याङजा, पर्वत, दाङ, नारायणगढ, तानसेन, अर्घाखाँची, नेपालगञ्ज, बाग्लुङलगायतमा पनि भूकम्प हल्का धक्का महसुस गरिएको थियो।

 

भूकम्पको धक्काका कारण कयौ जिल्लामा स्थानीय बासिन्दा त्रसित भएर सडकमा आएका थिए।

 

अमेरिकी भूगर्भ सर्भेले दिएको जानकारी: http://earthquake.usgs.gov/earthquakes/recenteqsww/Quakes/usc000c5jj.php

अन्य समाचारहरु