दाङ । सल्यानवाट दाङ आउंदै गरेको जीप दाङको राम्रीमा दुर्घटना हुंदा २ जनाको घटनास्थलमा मृत्यु भएको छ । मृत्युहुनेमा सल्यान धनवाङका सुरेश रहमान र कल्पना खड्का छन् ।
दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् । जीप गएराति १ वजे सडकबाट २ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये लक्ष्मी खड्कालाई थप उपचारको लागि नेपालगञ्ज लगिएको छ भने चालक नेत्र बहादुर खड्काकोे तुलसीपुरमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । जीपमा जम्मा चारजना मात्र सवार थिए ।
– RSS