– बेलायती साम्राज्यका पक्षमा युद्ध लडेर मारिएका ६० हजार गोर्खा सैनिकको सामूहिक काजकिरिया गरिने भएको छ । बिश्वयुद्धसहित बिभिन्न युद्धमा मारिएका गोर्खा सैनिकको सम्झना र सम्मानमा सामूहिक काजकिरिया गर्न लागिएको गोर्खा भूतपूर्व सैनिक संघका अध्यक्ष पदमबहादुर गुरुङले जानकारी दिनुभयो ।
गेसोको अगुवाईमा स्याङजाको फेदीखोलास्थित साल्मेडाँडामा निर्माण हुन लागेको गोरखा स्मारकको सिलन्यास हुनुपूर्व मारिएका योद्धाको सम्झनामा किरिया गर्न लागिएको हो । सोमबार पोखरामा अन्तरक्रिया गर्दै सभापति गुरुङले बिभिन्न १४ जातिका गोर्खाहरु युद्धमा मारिएकाले भिन्नाभिन्नै संस्कारअनुसार किरिया गर्न लागिएको बताउनुभयो । गोर्खा स्मारक बन्न लागेकै स्थानमा किरिया गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
अन्तरक्रियामा अन्य जाती र समुदायका प्रतिनिधिले पनि किरियाका लागि सघाउने प्रतिबद्धता जनाएका छन् । २४ गते गेसोले किरियाका लागि धर्म गुरुहरुसँग अन्तरक्रिया गर्ने बताएको छ । बिभिन्न युद्धमा मारिएका तर बेलायतले हालसम्म पनि गोप्य राखेका नामहरु पनि पहिलोपटक सार्वजनिक गर्न लागिएको छ । गेसो बषौर्ं लगाएर उनीहरुको अनुमानित आंकडा संकलन गरेको र त्यही आधारमा धेरैको नाम ठेगानासमेत संकलन गरिएको गुरुङले बताउनुभयो ।
बेलायती साम्राज्यले हजारौं गोर्खा सैनिकका साथै हजारौं नेपाली नागरिकहरुलाई पनि मानव ढालका रुपमा प्रयोग गरेको गुरुङले दावी गर्नुभयो । तर क्षतिपूर्तिमा करोडौं पाउण्ड खर्च हुने डरका कारण बेलायतले सधै उनीहरुको नाम गोप्य राख्ने गरेको गुरुङले बताउनुभयो ।
बल्कोटको महेन्द्र मावीमा तीज प्रतियोगिता हुने
बल्कोटमा रहेको उच्चमावीमा तीज गीत प्रतियोगिता हुने भएको छ ।
आउदो २५ गते सोमबारका दिन बल्कोटको महेन्द्र बिध्याबोध उच्च मावीमा स्कुल स्तरिय तिज गीत प्रतियोगिता हुने भएको सहयोगी निलम भुसालले बल्कोट बाट जानकारी गराएका छन ।
जुनीयर तथा युवा रेडक्रस सर्कल द्वारा आयोजना गर्न लागिएको तीज गीत बिशेष सास्कृतिक कार्यक्रममा सहभागी हुन सबैमा आग्रह गरिएको छ ।
प्रतियोगितामा सहभागीहुन जम्मा ५० रुपैया शुल्क लाग्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सामाजिक जनचेतना फैलाउने र शिक्षा सङ्ग समन्धित गीती शब्द लय तथा भाकालाई बिशेष प्राथमिकता दिईने छ ।



